शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योगका फरार आरोपी पक्राउ

बुधबार, ०१ वैशाख २०७८, १६ : ४३
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २१ वर्षीय रोशन शेर्पालाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–४ गणेश टोलमा सोमबार राति झगडा हुँदा रोशनले स्याङ्जा अर्जुनचौपारी–२ घर भएका चुत्रबहादुर गुरुङलाई कुटेर गम्भिर घाइते बनाएका थिए । पोखरा–१५ रामबजार बस्ने चुत्रबहादुरको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । घटनास्थलबाट फलामको दाउ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । आरोपीलाई ज्यान मार्ने उद्योग कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप