गुल्मीमा सडक दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाइते
बुधबार, ०१ वैशाख २०७८, १७ : ००
गुल्मी । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा जिल्लाको सत्यवती गाउँपालिका ३ का २८ वर्षीय तारा राहडी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले मगरको मृत्यु पुष्टि गर्दै चार जना घाइते भएको जानकारी दिए ।
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले सडकदेखि धेरै तल खसेको अटोमा गम्भीर घाइते ३ जनालाई जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट पाल्पाको मिसन अस्पताल रिफर गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता