शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीकर्मी सुनार सम्मानित

बुधबार, ०१ वैशाख २०७८, १८ : ३४
बुधबार, ०१ वैशाख २०७८

गुल्मी । रातोपाटीकर्मी प्रेम सुनार सम्मानित भएका छन् । बुधबार नेपाल पत्रकार महासंघ गुल्मीले सुनारलाई उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार बाट सम्मान गरेको हो । सुनारले ठूलो जोखिम मोल्दै घटनाको नालीबेली बाहिर ल्याउन सफल भएकोले ‘उत्कृष्ट जोखिम पत्रकारिता पुरस्कार’ ले सम्मान गर्ने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले बताए ।

केही दिनअघि बुटवलमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ प्रथम अधिवेशनमा पनि सुनार सामजिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए । सुनार रातोपाटीका लागि लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्ने गर्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप