बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बिहीबार, ०२ वैशाख २०७८, ०७ : ३६
बिहीबार, ०२ वैशाख २०७८

लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो ।

लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो ।

रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब सेमिफाइनलमा अर्को इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

उता, बोरुसिया डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । सिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो ।

पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी खेलको १५ ओँ मिनेटमा नै पछि परेको थियो । १७ वर्षीय जुट बेलिङहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा रियल महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । खेलको ७५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।

सिटीले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप