शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘पढाइको नयाँ फन्डा–मेरो स्कुल’ सार्वजनिक

बिहीबार, ०२ वैशाख २०७८, १९ : ०१
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । एस्ट्रिक टेक्नोलोजिले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ्ग पठाउन तथा स्कूल जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लेटफर्म ​सार्वजनिक भएको हो ।

प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्लेटफर्म को विकास गरिएको टेक्नोलोजिज्ले जनाउको छ । ‘पढाइको नयाँ फन्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लेटफर्म ले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने विश्वास कम्पनीको छ ।

मेरो स्कुल एक डिजिटल इ–लर्निङ प्लेटफर्म हो जहाँ नेपाल सरकारको पाठ्यक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरू उपलब्ध छन् । यसका साथै पुराना प्रश्नपत्रहरू हल गरिएका भिडियोहरू पनि उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप