शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सासु–ससुराको सम्पत्ति खाएको’ आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक पक्राउ

बिहीबार, ०२ वैशाख २०७८, १९ : ३२
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व महानिर्देशक कमलप्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले रेग्मीलाई बल्खुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । जेष्ठ नागरिकसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको एसपी बस्नेतकाे भनाइ छ ।

चैत २२ मा रेग्मीकी पत्नी सुष्मा रिजाल रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । राष्ट्र बैंकको निर्देशक पदमा कार्यरत सुष्मा अहिले पुर्पक्षका लागी कारागारमा छिन् । उनी जेल पर्नुको कारण हो –‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’

सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोडभन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन् ।

०७६ मंसिरमा मा बुवा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पतीको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दाबी गरेकी छिन् ।

आमा (८४ बर्ष) शोभाले प्रहरीमा उजुर गरेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरेको थियो । चालु मुद्दामा फरार रहेका रेग्मीलाई अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए ।

श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप छ । शेयर पनि झुक्याएर बेचेपछि शोभा प्रहरीको शरणमा पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप