मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ नुवाकोटको नतिजा रद्ध, पुनः निर्वाचन गर्न निर्देशन

शुक्रबार, ०३ वैशाख २०७८, ०६ : ०१
शुक्रबार, ०३ वैशाख २०७८

नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्ध भएको छ ।  महासंघ केन्द्रीय निर्वाचन समितिले बिहीबार पुनः निर्वाचन गर्न निर्देशन दिएको हो । 
समितिका संयोजक कपिल काफ्लेले महासंघ नुवाकोटको निर्वाचन समितिलाई पत्र पठाउँदै एक साताभित्र निर्वाचन सम्पन्न गरेर केन्द्रीय समितिलाई तोकिएको मत परिणाम उपलब्ध गराउन भनेका छन् । 

चैत २५ गते भएको निर्वाचनमा संकेत भएको मतपत्र प्रयोग गरेर धाँधली भएको आरोप केही उम्मेदवारले लगाउँदै पुन निर्वाचनको माग सहित उजुरी दिएका थिए । 
असन्तुष्ट समूहको असन्तुष्टिका बीच सो निर्वाचनबाट कपिल देव खनाल नेतृत्वको प्यानल विजयी भएको घोषणा गरिएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप