शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थारु गीतमा आरजु र नीतेशको रोमान्स

शुक्रबार, ०३ वैशाख २०७८, ११ : १५
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौंँ । अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको थारु डान्सिङ गीत ‘बन बु राजा तु बन बो रानी’ भिडियो सहित सार्वजनिक भएको छ ।

सिल शर्माको शब्द संगीत रहेको गीतको भिडियो रामप्रसाद चौधरीले निर्देशन गरेका हुन् । 

भिडियोमा आरजु बैजु र नीतेश चौधरीको अभिनय देख्न सकिन्छ । आरजु र नीतेशको भिडियो रोमान्स सुहाउँदो रहेको छ । 

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नीतेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय छ ।

संकल्प भुजेलको छायाँंकन, अर्जुन जिसीको सम्पादनमा भिडियोमा छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप