शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरेक राति सुत्नुअघि एक गिलास तातोपानी र ल्वाङ

शुक्रबार, ०३ वैशाख २०७८, १२ : २२
शुक्रबार, ०३ वैशाख २०७८

ल्वाङ नेपाली भान्सामा प्रयोग हुने मसला हो । यसले खानेकुराको स्वाद बढाउने काम गर्छ । साथै, यसले खानाको पौष्टिकतामा समेत वृद्धि गर्छ । यसमा आयुर्वेदिक गुण पनि हुने भएकाले यसलाई घरेलु औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । 

यसको नियमित सेवनले पेटको विभिन्न समस्याहरु कम गर्छ । दाँतको दुखाईमा समेत यसले फाइदा पुर्याउँछ । 

यसमा भिटामिन सी, भिटामिन ई, भिटामिन डी, भिटामिन ए, थियामिन, फोलेट, ओमेगा ३ फ्याटी एसिड जस्ता पौषिक तत्वहरु पाइन्छन् । 

राति सुत्नुअघि दुई वटा ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा अन्य फाइदाहरु समेत पुर्याउने चिकित्सकहरु बताउँछन् । 

राति सुत्नुअघि तातोपानीमा दुई वटा ल्वाङ राखेर खाँदा कब्जियत, पखाला, एसिडिटी जस्ता समस्याहरु कम हुँदै जान्छ । भने, पाचन प्रक्रियामा समेत फाइदा पुग्छ । 

राति सुत्नुअघि तातोपानीमा ल्वाङ हालेर पिउँदा दाँत दुख्ने समस्यामा कमि आउँछ । 

घाँटीको समस्यामा भएको समयमा तातोपानीमा ल्वाङ हालेर पिउनुपर्छ । 

हात र गोडा काँप्ने समस्याबाट पीडित भएका व्यक्तिहरुका लागि १ वा २ वटा ल्वाङको नियमित सेवन गर्ने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप