शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोनाको खोप लगाउनेलाई बढी ब्याज

शुक्रबार, ०३ वैशाख २०७८, १३ : ५३
शुक्रबार, ०३ वैशाख २०७८

भारतमा कोरोनाको दोस्रो लहरका बीच खोप अभियान व्यापक रुपमा जारी छ । खोप अभियानका लागि मानिसहरुका जागरुकता ल्याउन र यसलाई प्रोत्साहन दिन सेन्ट्रल बैंक अफ इन्डियाले एउटा योजना ल्याएको छ । यसमा भ्याक्सिन लगाइसकेका मानिसहरुलाई  फिक्स्ड डिपोजिटमा बढी ब्याज दिइन्छ ।

के हो यो योजना ?

सेन्ट्रल बैंक अफ इन्डियाले फिक्स्ड डिपोजिट योजना सार्वजनिक गरेको छ । यसको नाम इम्यून इन्डिया डिपोजिट हो । यसअन्तर्गत फिक्स्ड डिपोजिट गराउँदा हालको रेटभन्दा ०.२५ बढी फाइदा पाइनेछ ।

कसलाई फाइदा ?

यो योजना ती मानिसहरुले पाउँछन् जसले कोभिड भ्याक्सिन लगाएका छन् । उनीहरुलाई ०.२५ प्रतिशत बढी ब्याज दिइनेछ । यस्तै ज्येष्ठ नागरिकलाई ०.५० प्रतिशत ब्याज दिइनेछ । जसले भ्याक्सिन लगाएका छैनन्, उनीहरुले यसको लाभ उठाउन सक्दैनन् ।

यसको फाइदा कहिलेसम्म ?

बैंकले सोसल मिडिया पोस्टमा यो योजनाबारे जानकारी दिएको छ । स्किमको मेचोरिटी पिरियड १,१११ दिन हो । यसलाई सिमित अविधिका लागि लागू गरिनेछ । यो योजना अन्तर्गत भ्याक्सिन लगाउने ज्येष्ठ नागरिकले डिपोजिट गराउँदा ०.५० प्रतिशत ब्याज पाउनेछन् । बैंकका अनुसार धेरैभन्दा धेरै मानिसहरुलाई खोप लगाउन प्रेरित गर्नका लागि यो स्किम लञ्च गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप