बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पारस खड्का घाइते, त्रिदेशीय टी–२० सिरिज गुमाउने

शुक्रबार, ०३ वैशाख २०७८, १५ : २१
शुक्रबार, ०३ वैशाख २०७८


अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।

चिकित्सकका अनुसार खड्काको चोट निको हुन ३ सातासम्म लाग्नसक्नेछ । यससँगै नेपाली टोलीका अलराउन्डर खड्काले नेपालमै आयोजना हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने पक्का भएको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा शनिबारदेखि सुरु हुने यस प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डस्ससँग प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपाल र मलेसियाबीचको खेल हुनेछ ।

नेपालले नेदरल्यान्डसँगको दोस्रो खेल मंगलबार खेल्ने भने बिहीबार मलेसियासँग दोस्रोपटक भिडन्त हुनेछ ।

कोरोना भाइरस महामारीका कारण लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु ठप्प भएपछि तीनवटै देशमा क्रिकेट गतिविधि घटेको छ । यी तीनै देश महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप