बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सय वर्षपछि ठूलो खोजः इजिप्टको बालुवाभित्र भेटियो ३४०० वर्ष पुरानो 'सुनको शहर'

शुक्रबार, ०३ वैशाख २०७८, १६ : ०८
शुक्रबार, ०३ वैशाख २०७८

इजिप्टमा पुरातत्वविद्ले दक्षिणी राज्य लग्जरमा नाइल नदीको पश्चिमी तटमा हराएको ‘सुनको शहर’ भेटिएको छ । यसलाई सन् १९२२ मा इजिप्टको सर्वाधिक चर्चित फेरो अर्थात् राजा तूतनखामेन (तुत) को समाधि स्थलको खोजीपछि सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।

इजिप्टमा पुरातत्व मामिलाका राज्यमन्त्रीसमेत रहेका पुरातत्वविद जही हावासले आफ्नो फेसबुक पेजमा यसको घोषणा गरेका हुन् । करिब ३४०० वर्ष पुरानो यो शहर लग्जरमा चर्चित किङ्ग्स भ्याली नजिकैको बालुवा खानीभित्र भेटियो । यो त्यहि स्थान हो जहाँ तुतको समाधि स्थल भेटिएको थियो । यसै स्थलबाट तूतनखामेनको ममीसँग १० किलो सुनबाट बनेको मुखौटेसमेत करिब ५ हजार निकै महँगा कलाकृति भेटिएका थिए । रोचक कुरा के हो भने यो खोज अञ्जानवश भएको हो । पुरातत्वविदको समूह तूतनखामेनको शवगृह मन्दिरको खोजी गर्दागर्दै यो शहरसम्म पुगेको हो ।

यो शहरको नाम एटन हो जसलाई १८ औं राजवंशको नवौं फेरो अर्थात् राजा अमेनोटेप–थ्री ले बसाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप