कोहलपुर दुर्घटना अपडेट : मृत्यु हुने पाँचमध्ये ४ जनाको सनाखत
बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा टिप्परका सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।
सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी करिब ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै