बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माधवले पाउँदै आएको राजनीतिक  स्थान समाप्त भयो : गोकुल बाँस्कोटा

शुक्रबार, ०३ वैशाख २०७८, २३ : ०८
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै  नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।

बाँस्कोटाले अब नेपालले माओवादी समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लगाउने विकल्प बाँकी रहेको जनाउँदै त्यसलगत्तै कारवाही खाएर बाटा लाग्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले भनेका छन् : ‘कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधव नेपालले पाउँदै आएको शङ्काको लाभको राजनीतिक  स्थान समाप्त भयो। अब उनको एउटा काम बाँकी छ,त्यो हो (माओवादी समर्थन झिक्न र अविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने। बस ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप