शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

शुक्रबार, ०३ वैशाख २०७८, २३ : ३२
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।

रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडयन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रम मुक्त हुन यो घटना पर्याप्त छैन र भन्ने प्रश्न समेत गरेका छन् । शुक्रबार कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप