प्रचण्डद्वारा सर्वदलीय बैठक बहिस्कार !
शनिबार, ०४ वैशाख २०७८, ०९ : ४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले रातोपाटीलाई जानकारी दिए ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै