मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

करणले कार्तिकलाई फिल्मबाट निकाले, इन्स्टाग्राममा गरे ‘अनफलो’

शनिबार, ०४ वैशाख २०७८, १० : ५५
शनिबार, ०४ वैशाख २०७८

बलिउड निर्देशक करण जौहरको फिल्म ‘दोस्ताना २’ निर्माणको तयारी भइरहेको छ । 

एक रिपोर्टका अनुसार अभिनेता कार्तिक आर्यनलाई करणले उक्त फिल्मबाट निकालेका छन् । उनको सट्टामा अर्को अभिनेतालाई राखिएको छ । आफ्नो प्रोजेक्टबाट बाहिर निकालेपछि करणले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अनफलो’ समेत गरेका छन् । 

रिपोर्टका अनुसार कार्तिकले उक्त फिल्मको २० दिनसम्म शुटिङ गरेका थिए । तर, कार्तिकलाई दोस्रो भागको कथाबस्तु मन परेको थिएन । उनलाई फिल्मको कथा मन नपरेको भन्दै करणले उनलाई हटाएको बताइएको छ । 

करण जौहरले धर्मा प्रोडक्सनको तर्फबाट ‘दोस्ताना २’ को री–कास्टिङलाई लिएर एक आधिकारिक बयान दिएका छन् । बयानका अनुसार ‘व्यवसायिक हिसाबले हामी कोलिन डि को निर्देशनमा बनिरहेको फिल्म दोस्ताना २ को री कास्टिङ गरिनेछ । औपचारिक सूचनाको प्रतिक्षा गर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप