शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको चिनियाँ भ्याक्सिन लगाउन नेपाल किन आइरहेछन् भारतीय ?

शनिबार, ०४ वैशाख २०७८, ११ : १४
शनिबार, ०४ वैशाख २०७८

यस हप्ता बुधबार टेकू अस्पतालमा कर्मचारी त्यतिबेला अचम्ममा परे जब उनीहरुले कोभिड भ्याक्सिन लगाउन आएका केही मानिसहरुसँग ठूल्ठूला सुटकेस  र ब्याग देखे ।

अस्पतालका कर्मचारीका अनुसार जब यी मानिसहरुलाई आफ्नो परिचय पत्र देखाउन भनियो तब उनीहरुले भारतीय पासपोर्ट देखाए ।

अस्पतालका निर्देशक सागर राज भण्डारीले बीबीसी नेपालीसँगको कुराकानीमा भने, ‘उनीहरुमार्फत् हामीलाई थाहा भयो कि कोभिड भ्याक्सिनको यसरी पनि प्रयोग भइरहेको छ । यो एक प्रकारले भ्याक्सिनको गलत प्रयोग गरिएको जस्तै थियो । हामीहरुले उनीहरुलाई भ्याक्सिन लगाइदिन भन्दा उनीहरु झगडा गर्न थाले । कति मानिसहरुले भिन्न भिन्न तरिकाले हामीलाई दबाब दिए । ’

नेपाल स्थित चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा चीनले आफ्नो देशमा निर्मित भ्याक्सिन लगाउनेलाई मात्रै भिसा दिइरहेको भन्ने प्रावधान बारे जानकार दिएको छ ।

नेपाली अधिकारीलाई शंका छ कि चीनको कम्पनीसँग कारोबार गर्ने भारतीय व्यावसायी भिजा प्राप्त गर्नका लागि नेपालमा आएर चीनमा निर्मित भ्याक्सिन लगाउन चाहन्छन् ।

यद्यपि, भारतमा कोभिशिल्ड र कोभ्याक्सिनको निर्माण भइरहेको छ । यसबाहेक रुसी भ्याक्सिन स्पुतनिक भीलाई पनि आपतकालीन परिस्थितिमा प्रयोग गर्न अनुमति दिइसकिएको छ । तर पनि भारतमा सबैका लागि भ्याक्सिन उपलब्ध छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले हालैका दिनमा ठूलो संख्यामा भारतीय काठमाडौं आइरहेको जानकारी दिए ।

उनले भने, ‘भारतीयका लागि नेपाल हुँदै कुनै अन्य देशमा जान पाउने प्रावधान छ । यसका लागि नो अब्जेक्सन लेटर हुनुपर्छ । थुप्रै भारतीय यात्रीसँग अब यस्तो लेटर छ ।’

हालको समयमा भारत र नेपालबीच एउटा मात्रै विमान सेवा छ । एयर बबलले यो सेवा प्रदान गरिरहेको छ । नेपाल र चीनबीच पनि उडान सेवा जारी छ ।

काठमाडौं स्थित भारतीय दूतावासमा पछिल्लो केही दिनमा नो अब्जेक्सन लेटर लिनेको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

नेपालद्वार कडाईः

नेपालमा ३१ मार्च देखि १९ अप्रिलबीच ४० देखि ५९ वर्षका मानिसहरुलाई भ्याक्सिन दिइँदैछ । यसबाहेक काम, व्यवसाय, पारिवारिक कारणले वा उपचारका लागि चीन जाने मानिसहरुलाई पनि भ्याक्सिन दिइँदैछ । चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पनि भ्याक्सिन दिइँदैछ ।

नेपाल सरकारका अनुसार सुरु सुरुमा १० दिनमा ५० हजारभन्दा बढी मानिसहरुलाई भ्याक्सिन दिन सकिएको छ ।

नेपाल सरकारको स्वास्थ्य विभागका संयुक्त प्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘सुरुमा हामीले मानिसहरुलाई परिचय पत्र देखाउन भनेको थिएँ । अब जिल्ला स्वास्थ्य अधिकारीलाई लिखित रुपमा परिचय पत्रको अनिवार्य परीक्षण गर्न भनिएको छ ।’

यद्यपि, नेपालका अधिकारीले नेपालमा बसिरहेका र स–साना व्यवसायमा समावेश भारतीय नागरिकलाई भ्याक्सिन दिइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप