यी बलिउड सेलिब्रेटी जसलाई रातारात फिल्मबाट निकालियो
बलिउड उद्योगमा केही कलाकारहरु रातारात नै सुपरहिट भएका छन्, कोही बलिउडमा चल्दा चल्दै एकाएक हराएका छन् । बलिउड भित्र कुन कलाकारको भाग्य कतिबेला चम्किन्छ अनि कतिबेला सडकमा पुग्छन् भन्ने कुराको टुङ्गो लगाउन नै सकिदैन ।
निर्देशकसँग मनमुटाब हुने, अभिनेता तथा अभिनेत्रीलाई स्क्रिप्ट मन नपर्ने, क्रिएटिव्जसँग सम्बन्ध नबन्ने जस्ता कारण पनि सेलिब्रेटीको करियरमा धक्का लाग्न सक्छ ।
केही दिन अगाडिबाट ‘दोस्ताना २’ को २० दिन सुटिङ गरेपछि अभिनेता कार्तिक आर्यन बाहिर निकालिएको छ । उनीमात्र होइन यसअघि पनि थुप्रै कलाकारहरुलाई फिल्मबाट बाहिर निकालिएको छ ।
शाहिद कपूर र कियारा आडबाणीको फिल्म ‘कबिर सिंह’ बक्स अफिसमा सुपरहिट भयो । फिल्मको मुख्य भूमिकामा रहेकी ‘प्रीति’ को भूमिकाका लागि तारा सुतारियालाई लिइएको थियो । तर उनी एकाएक निकालिइन् ।
बलिउड अभिनेता ऋतिक रोशन र अमीषा पटेलको फिल्म ‘कहो न प्यार है’ मा अभिनेत्री करीना कपूरले साइन गरेको थिइन् । तर उनले पनि उक्त फिल्ममा काम गरिनन् ।
शाहरुख खान र रानी मुखर्जीको फिल्म ‘चलते चलते’ मा रानीभन्दा अगाडि ऐश्वर्या राय बच्चनलाई लिने भएको थियो । तर ऐश्वर्या र सलमानको ब्रेकअप भएपछि ऐश्वर्याले फिल्ममा काम गरिनन् ।
ऐश्वर्या राय बच्चनले मधुर भंडारकरको एउटा फिल्ममा अनुबन्धित भएकी थिइन् । उनी फिल्मको शुटिङ गर्दागर्दै गर्भवती भइन् । जसको कारण उनलाई फिल्मबाट निकालियो ।
दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र कृति सेननको फिल्म ‘राब्ता’ हिट त भएन तर निकै चर्चामा रह्यो । उक्त फिल्ममा अभिनेत्रीको रुपमा आलिया भट्टलाई अफर गरिएको थियो तर आलिया फिल्ममा काम गर्न असमर्थ भइन् ।
ऐश्वर्या राय र ऋतिक रोशको फिल्म ‘जोधा अकबर’ मा रणबीर कपूर अभिनेताको रुपमा थिए तर उनलाई रातारात फिल्मबाट निकालियो ।
सन् २०१५ मा चेतन भगतले ‘हाफ गर्लफ्रेन्ड’ मा सुशान्त सिंह राजपुतलाई लिइने घोषणा गरेका थिए तर अर्जुन कपूर उक्त भूमिकामा देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा