दिल्लीमा एकैदिन झन्डै २० हजारमा कोरोना, मुख्यमन्त्रीले बोलाए आकस्मिक बैठक
शनिबार, ०४ वैशाख २०७८, ११ : ४७
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण तिव्र बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवाल अगुवाईमा शनिबार महत्वपूर्ण बैठक बस्दैछ । बैठकमा शिक्षा मन्त्री मनिष सिसोदिया र स्वास्थ मन्त्री सत्येंन्द्र जैनसहित विभिन्न महत्वपूर्ण अधिकारीहरु सहभागी हुँदैछ ।
शुक्रबार दिल्लीमा एकै दिन अहिलेसम्मकै सर्वाधिक १९ हजार ४ सय ८६ जनामा संक्रमण देखिएको थियो, १ सय ४१ जनाको मृत्यु भएको थियो ।
दिल्लीमा यस सप्ताहन्तका लागि शुक्रबार रातिदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरिसकिएको छ । ठाउँ–ठाउँमा प्रहरीले चेकजाँच गरिरहेका छन् । नियम तोड्नेहरूलाई २ हजार जरिवाना पनि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै