शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकास र अर्थ समितिद्वारा द्रुतमार्गको अनुगमन

शनिबार, ०४ वैशाख २०७८, १४ : २१
शनिबार, ०४ वैशाख २०७८

प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने दु्रत मार्गको संयुक्त अनुगमन गरेको छ । 

नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौँ तराई दु्रत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढि रहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् । 

संसदको विकास तथा प्रविधि समितिमा निर्माण प्रक्रिया ढिलो भएको उजुरी नै परेको थियो । संसदीय अनुगमनमा पुगेका सांसदहरुले विकास निर्माणका ठूला आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्ने रोग काठमाण्डौ तराई दु्रत मार्गको निर्माण प्रक्रियामा पनि देखिएको टिप्पणी गरे ।  

स्थलगत अध्ययन गर्न पुगेका समिति सदस्यहरुबीच आयोजना समयमै सम्पन्न हुनेमा दुईमत देखियो । विकास तथा प्रविधि समितिका सदस्यहरुले चुनौतिपूर्ण र ठूला कामहरु बाँकी नै रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे भने अर्थ समितिका सदस्यहरुले समयमै आयोजना सम्पन्न हुनेमा ढुक्क रहन आग्रह नै गरे ।

विकास समिति अन्र्तगत गठित दु्रतमार्ग अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडीले २०८१ सालको कार्तिक मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिलेको अवस्था हेर्दा समय मै सम्पन्न हुन नसक्ने देखिएको प्रतिक्रिया दिए । उनले अहिले भईरहेको काम र बाँकी कामलाई हेर्दा नेपाली सेनाले नै आयोजनाको सम्पुर्ण काम गर्न सक्छ कि सक्दैन भन्ने चुनौति पनि देखिएको बताए । उनले आयोजनाको महत्वपुर्ण र जटिल कार्य मध्ये सुरुङमार्ग, अग्ला र ठूला पुल निर्माण गर्नुपर्ने कुराहरु बाँकी नै रहेको र त्यसका लागि ठेक्का प्रक्रिया पनि नभईसकेकाले बाँकी अवधिमा निर्माण सम्पन्न हुनेमा शंका व्यक्त गरे ।

उनले भने, “२०८१ को कात्तिक मसान्त भित्रै सम्पन्न हुने कुरामा चाहीँ केही चुनौतिहरु छन् । ११ वटा प्याकेज मध्ये २ वटा प्याकेजको मात्रै ठेक्का निस्केको छ । निर्माण व्यवसायी छनौट भएर ठेक्का हाल्ने काम भएको छ तर त्यसको अन्तिम टुंगो लागेको छैन । अरु ९ वटा प्याकेजको त ठेक्का नै निस्केको छैन । जति काम भएका छन् । यसमा ठूला ठूला कामहरु खास भएका छैनन् । ८७ वटा पुलहरु निर्माण गर्नुपर्छ । नेपालमा अहिलेसम्म नबनेका धेरै अग्ला पुलहरु, ७५ मिटर अग्ला पुलहरु यो आयोजनामा निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले टेक्निकल हिसाबले पनि केही चुनौतिहरु छन् । नेपालमा पहिलोचोटी हामीले सुरुङमार्ग निर्माण गर्देछौ । ३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्र्दभमा नयाँ काम चुनौतिपुर्ण काम छ ।”

ठेक्कामा जानु पुर्व तयारीका कामहरु र सर्भिस ट्याकहरु भने बनिसकेको भन्दै उनले समयमै ठेक्काको काम सम्पन्न भएमात्र ठेक्का लिने कम्पनीहरुको कार्यक्षमताका आधारमा निर्माण बारे अनुमान गर्न सकिने तर्क गरे । उनले विगतमा आयोजना पुर्व तयारीका काम सम्पन्न नगरिकन ठेक्का लगाउने काम भएकाले समयमै आयोजना निर्माणको कामहरु सम्पन्न नहुने गरेको र त्यसकिसिमको प्रभाव दु्रतमार्ग निर्माण आयोजनामा पनि परेको टिप्पणी गरे ।

नेपालमा आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबैभन्दा ठूलो चुनौति जग्गा व्यवस्थापन रहेको भन्दै उनले समयमै जग्गा व्यवस्थापन गर्न नसक्ने ,मुआब्जाको समस्या लगायत समस्या समाधानका लागि पनि सुरुङमार्गमा जानुपर्ने भएकाले सो प्रविधिलाई भित्र्याउनुपर्नेमा जोड दिए । 

अनुगमनमा गएका अर्थ समितिका सभापति तथा समिति सदस्यहरुले भने आयोजना निर्माण समयमै सम्पन्न हुने बताए । उनीहरुले दु्रतमार्ग निर्माण प्रक्रियामा राजनैतिक खिचातानीको प्रभाव पर्न दिन नहुने बताएका थिए । निर्माणमा संलग्न नेपाली सेना तथा अन्य निर्माण कम्पनीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने उनीहरुको तर्क थियो । अर्थ समिति सदस्य विनोद चौधरीले आयोजना निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिए ।

उनले भने, “४४ किलोमिटर सडक बनिसकेको रहेछ । २० किलोमिटर ब्लाकटपिङ गर्न सकिने अवस्थामा पुगिसकेको रहेछ । ३ वटा टनेल र करिब करिब ७ किलोमिटर लामो टनेल र बाँकी भएको ११ किलोमिटर । यसलाई अघि बढाउनका लाागि जुन कसरत भईरहेको छ । सकेसम्म छिटो टुङ्गियोस् । फेरि कुनै राजनीतिक खिचातानीको सिकार नबनोस् । आर्मीले आफ्नो तर्फबाट गर्नुपर्ने पुर्वाधार चटक्क पारेर राखिदिएको छ । राज्यले मेलम्चीको लेसनलाई अगाडि राखेर बहुत ठूलो रिसर्च गर्नुपर्ने छ । विकासको यात्रामा किन पछि परिरहेका रहेछौ हामी ? ४ बर्षमा हुनुपर्ने काम हामी ३० बर्षमा सकाउन सक्दा रहनेछौ । के हामी विकासलाई प्राथमिकता दिएका रहेछौ त ? ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप