शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसको जवाफी कारवाहीः १० अमेरिकी कूटनीतिज्ञ निकालिए

शनिबार, ०४ वैशाख २०७८, १५ : ३६
शनिबार, ०४ वैशाख २०७८

रुसले जवाफी कारवाही स्वरुप अमेरिकाका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ । यसका साथै रुसले आठ वरिष्ठ अधिकारीलाई कालो सूचीमा राखिदिएको छ ।

रुसले प्रतिबन्ध लगाएकामध्ये अमेरिकी जाँच एजेन्सी एफबीआईका निर्देशक र अमेरिकाका अटोर्नी जनरल समावेश छन् ।

अमेरिकाले एक दिनअघि रुसका थुप्रै अधिकारीविरुद्ध यस्तै कारवाही गरेको थियो । तत्पश्चात्, रुसले यसको जवाफ फर्काउने बताएको छ ।

तनावको स्थितिका बीच दुई देशले यस्तो कदम उठाएका हुन् ।

रुसले ठूलो संख्यामा आफ्नो सैनिकलाई युक्रेनको सीमा नजिकै भेला गरिरहेको छ ।

यस्तै अमेरिकाले आफ्नो लडाकू जहाजलाई ब्ल्याक सीतर्फ पठाइरहेको छ । त्यसपछि रुसले उसलाई चेतावनी दिइरहेको छ ।

यो तनावबीच बिहिबार अमेरिकाले रुसमाथि साइबर हमला र अन्य शत्रुतापूर्ण गतिविधि गरेको भन्दै उसविरुद्ध प्रतिबन्धको घोषणा गर्‍यो र १० कूटनीतिज्ञलाई निष्कासित गरिदियो ।

अमेरिकाले रुसको हानिकारक विदेशी गतिविधिलाई रोक्नका लागि प्रतिबन्धको कदम उठाएको बताएको थियो ।

रुसले कोमाथि लगायो प्रतिबन्ध ?

रुसले अमेरिकाका १० कूटनीतिज्ञलाई देश छोडेर जान आदेश दिएको छ । साथै अन्य अधिकारीको प्रवेशमा पनि प्रतिबन्ध लगाइदिएको छ ।

यसमा समावेश छन्ः

–अमेरिकी अटोर्नी जनरल मेरिक गारल्याण्ड

– एफबीआई निर्देशक क्रिस्टोफर रे

– अमेरिकी घरेलु नीति प्रमुख सुजैन राइस

साथै, रुसले पोल्याण्डका पाँच कूटनीतिज्ञलाई पनि देश छोड्न भनेको छ । यसअघि पोल्याण्डले पनि रुसका पाँच अधिकारीलाई निष्कासित गरेको थियो ।

अमेरिकाले बिहिबार १० रुसी कूटनीतिज्ञलाई निष्कासित गर्नुका साथै ३२ अधिकारी र संस्थाविरुद्ध कारवाही गरेको थियो । उसले रुसमाथि अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित गरेको र भ्रामक जानकारी फैलाएको आरोप लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप