शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमलपोखरी पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न शुरु

शनिबार, ०४ वैशाख २०७८, १८ : ४४
शनिबार, ०४ वैशाख २०७८

पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम  सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

    सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राख्ने काम पनि सकिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक करोड ५० लाख लिटर पानी भर्ने तयारी कामपाको रहेको छ ।  

    केही दिनअघि नै पोखरीमा पानी भर्न शुरु गरे पनि भर्ने काम सकिएको छैन । अहिलेसम्ममा २० लाख लिटर पानी मात्र पोखरीमा राखिएको छ । कामपाले सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरेको छ । यस पोखरी निर्माणको कम एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते पुनःनिर्माणका लागि शिलान्यास भएको थियो । 

    पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप