शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, ३१ जना घाइते

शनिबार, ०४ वैशाख २०७८, ०८ : ०४
शनिबार, ०४ वैशाख २०७८

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस सडकबाट खस्दा ३१ जना घाइते भएका छन् ।

बस सडक २ सय मिटर तल खसेको प्रमुख  जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले रातोपाटीलाई जानकारी  दिइन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भइ खसेको हो ।

दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दाउन्नेको सडक निक्कै बिग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप