शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाखुसीमा हुरीले घरको भाग उडाएर सडकमा खस्यो, दुई घाइते

शनिबार, ०४ वैशाख २०७८, २१ : ३३
शनिबार, ०४ वैशाख २०७८

शनिबार साँझ चलेको हावाहुरीका कारण काठमाडौँको सामाखुसीस्थित आत्माज्ञानमा रहेको एक भवनको भाग उडाउँदा २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अर्जुन कार्कीको घरमा खुल्दै गरेको बर्गर हाउसको भवनको भाग सडकमा खसेको थियो । भवनको भाग खस्दा २ वटा स्कुटी र बाइक चेपिएका थिए ।

घटनामा दुई जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा २४ वर्षीया दीपिका महर्जन र रोमस महर्जन रहेका छन् ।

भवनको भाग सडकमा खसेको कारण सडक पनि अवरुद्ध हुन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप