शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ आज

आइतबार, ०५ वैशाख २०७८, ०८ : ००
आइतबार, ०५ वैशाख २०७८

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ आइतबार हुने भएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको शपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप