शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एमसीसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

आइतबार, ०५ वैशाख २०७८, १३ : २१
आइतबार, ०५ वैशाख २०७८

गलकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसीसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा काँग्रेसको साथ रहने जानकारी दिइन् । “एमसीसीप्रति काँग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि काँग्रेस बाधक छैन” उनले भनिन् ।

उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै काँग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन्  । उनले भनिन्, ‘गण्डकी प्रदेश समेतमा काँग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप