शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किपालयले महिलालाई डकुमेन्ट्री फिल्म मेकिङ सिकाउने

आइतबार, ०५ वैशाख २०७८, १४ : ५९
आइतबार, ०५ वैशाख २०७८

काठमाडौँ । नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी सधैँ हुने गरेको छ । यो भनाइलाई चिर्न र फिल्म निर्माणमा महिलाको सङ्ख्या बढाउने उद्देश्यले महिला केन्द्रीत डकुमेन्ट्री फिल्म मेकिङ कार्यशाला आयोजना हुने भएको छ ।

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिने उद्देश्यले कार्यशाला गर्न लागेको हो । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत महिला लक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको जनाइएको छ ।

कार्यशालाकी प्रबन्ध निर्देशक आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी दिइन् । ‘महिला फिल्म मेकरलाई फिल्म निर्माणको आधारभूत ज्ञान दिने उद्देश्यले कार्यशाला गर्न लागिएको हो’ पोखरेलले भनिन्, ‘फिल्म निर्माणमा रुचि भएका देशभरका महिला फिल्मकर्मीले यो अभियानमा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।’

पोखरेलले कार्यशालाको समयावधि १ महिना रहने र काठमाडौँ र चित्लाङ गरी दुई ठाउँमा गरिने जानकारी दिइन् । किपालयका प्रोजेक्ट हेडनव विजय श्रेष्ठले सैद्धान्तिक र प्रयोग दुवै विधिको प्रयोग गरेर कार्यशाला सञ्चालन हुने जानकारी दिए ।

कार्यशालामा १८ देखि २४ वर्षभित्रका महिलाले आवेदन दिन सक्नेछन् । जसको लागि शुक्रबारसम्म आवेदन दिनुपर्नेछ । निःशुल्क आवेदन दिनसक्ने कार्यशालाका लागि खाने, बस्ने र सुटिङसम्मको सुविधा आयोजकले स्वयंले बेहोर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप