बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी प्रकरण : सभामुखले दिए प्रधानमन्त्रीलाई जवाफ

आइतबार, ०५ वैशाख २०७८, १७ : ४२
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्‍ठालाई कसैले तोड्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए । कसैले काम गर्न अवरोध गरे रोक्न खोजेपनि नरोकिने बताए ।

 


 

सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पारे ।

संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए । संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि बताए । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताए ।

संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप