शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गलत उपचारका कारण अनुहारको हालत खराब, नायिकाको डाक्टरमाथि कटाक्ष

सोमबार, ०६ वैशाख २०७८, ०८ : ५८
सोमबार, ०६ वैशाख २०७८

तमिल सिनेमाकी चर्चित नायिका रायजा विलसनले गलत उपचारका कारण सोसल मिडियामा एक छालाकी डाक्टर (छालारोग विशेषज्ञ) माथि कटाक्ष गरेकी छिन् । रायजाले उपचारपछि आफ्नो अनुहारको स्थिति खराब भएपछि डाक्टरका लागि सोसल मिडियामा मेसेज नै लेखेकी छिन् । उनले एउटा पोस्टमा छालारोग विशेषज्ञको नाम मेन्सन गर्दै उनलाई यो उपचारका लागि दबाब दिइएको बताइन् ।

रायजा विलसनले इन्स्टाग्राम स्टोरीमा एउटा क्लिनिक बाहिरको आफ्नो फोटो सेयर गर्दै लेखिन्, ‘हिजो एउटा साधारण फेसियलका लागि डाक्टरलाई भेटेँ । उनले मलाई एउटा फेसियल प्रक्रिया गर्न भनिन् जसको मलाई आवश्यकता नै थिएन । अब नतिजा यस्तो छ ।’

उनले आफ्नो पोस्टमा थप लेखिन्, ‘उनी आज मलाई भेट्न र कुरा गर्न अस्वीकार गरिरहेकी छिन् । कर्मचारीले उनी शहरभन्दा बाहिर गएको बताइरहेका छन् ।’

टिभीमा जुन अनुहारका कारण दर्शकलाई स्टारलाई चिन्छन्, त्यो अनुहार नै खराब हुँदा रिस उठ्नु त स्वभाविक नै हो । रायजा पनि आफ्नो अनुहारमाथि भएको गलत उपचार र त्यसपछिको समाधान नभेटेका कारण असाध्यै रुष्ट छिन् ।

उनले सेयर गरेको फोटोमा उनको आँखा मुनी सुन्निएको देख्न सकिन्छ । रायजाले इन्स्टाग्राम स्टोरीमा प्रशंसकले पठाएको मेसेजको स्क्रिनसट्स पनि सेयर गरिएको छ । उनी भन्छिन्, ‘मेरो इन्बक्स ती मानिसहरुको मेसेजले भरिएको छ जसले उनै छालारोग विशेषज्ञमार्फत् आफ्नो अनुहारको उपचार गराएपछि खराब नतिजा हासिल गरे । ’

रायजा विलसनले सन् २०१७ मा भेटाइला पट्टाधारी टुमार्फत् आफ्नो अभिनयको डेब्यू गरेकी थिइन् । उनले यसमा काजोलकी सहयोगी वसुन्धरा परमेश्वरनको भूमिका निभाएकी थिइन् ।

रायजाले बिग बस तमिलबाट चर्चा पाइन् । उनी कमल हासनद्वारा होस्ट गरिने रियालिटी शो बिग बस तमिलकी सबैभन्दा चर्चित प्रतियोगीमध्ये एक थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप