मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेबाट ‘फ्लोर क्रस’ गरेका नवनियुक्त मन्त्रीको किन फेरियो मन्त्रालय ?

सोमबार, ०६ वैशाख २०७८, १० : ३२
सोमबार, ०६ वैशाख २०७८

 सुर्खेत । शनिबार साँझ कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेबाट ‘फ्लोर क्रस’  गरेर काँध थापिदिएकाले मन्त्री पदमा नियुक्त गरे । 
शाहीले  चार जना मध्ये  भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कुर्मराज शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई मन्त्रीमा नियुक्त गरे । प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको सपथ खाने क्रममा भने मन्त्रालय फेरिएका छन् ।

यसअघि  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका जिम्मा पाइसकेका नन्दसिंह बुढाले भने सोही मन्त्रालय रोजे ।  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पद तथा गोपनीयताको सपथ खाने क्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रूपमा नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा कुर्मराज शाहीले सपथ लिएको बताइएको  छ ।  

मन्त्री बुढालाई यसअघि नै सम्हालेको मन्त्रालय सञ्चालन गर्न सहज हुने भन्दा मन्त्रालय फेरबदल गरिएको उनी निकट स्रोतले जनायो ।   
मन्त्री नन्दसिंह बुढालाई नयाँ मन्त्रालयभन्दा पहिला नै चलाएको मन्त्रालय भए सहज होला भनेर मन्त्रालय फेरिएको बताइएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप