निलमले ल्याइन् ‘लेकाली दाइको क्या माया लाग्छ’
सोमबार, ०६ वैशाख २०७८, ११ : ०९
काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले नयाँ गीत ‘लेकाली दाइको क्या माया लाग्छ’ सार्वजनिक गरेकी छन् । गीतकार समेत रहेकी निलमले गीत आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् ।
गायनमा भन्दा बढी संगीत विधामा व्यस्त रहँदै आएकी निलमले गीत आधुनिक लोक फ्लेवरमा तयार गरेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय पूर्वेली लोक फ्लेवरको ट्रेण्ड छ । गायिका तथा गीतकार निलमले पनि यही ट्रेण्डलाई फलो गरेकी छन् ।
भिडियोमा गायिका निलमकै अभिनय देख्न सकिन्छ । जसको निर्देशन तथा छायाँकन नियोन लामाले गरेका छन् ।