फिल्म हल फेरि बन्द हुने
सोमबार, ०६ वैशाख २०७८, ११ : ३१
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो ।
गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन ।
फिल्म हल नखोलेको बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए । उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेनेटाइज गर्नेलगायत सहमतीमा सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएको थियो ।
फिल्म हल खुलेर राम्रोसँग फिल्म चल्न नपाउदै फेरि हल बन्द गर्ने निर्णय भएको छ । सरकारको यो निर्णयले फिल्मकर्मीमा थप पिडा पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा