शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अभावमा प्रदेशको गौरवको आयोजना प्रभावित

८ महिनादेखि ठेकेदारले भुक्तानी पाएनन्, सडक निर्माणको काम रोक्ने तयारी
सोमबार, ०६ वैशाख २०७८, १२ : २१
सोमबार, ०६ वैशाख २०७८

विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । सडक निर्माणका क्रममा बजेट अभाव भएपछि प्रदेश सरकारले ठेकेदारलाई भुक्तानी दिन सकेको छैन ।

पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि ठेकेदारहरूले सडक निर्माणको काम समय समयमा रोक्दै आएका छन् । जसका कारण सडक निर्माणको काम प्रभावित हुँदै आएको छ ।

प्रदेशको राजधानी विराटनगर जोडने सडक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्षको भदौमा शिलान्यास गरेका थिए । हाल दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्नेगरी कुल २२ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी निर्माणको काम थालिएको थियो ।

पहिलो खण्ड १० किलोमिटर विराटचोक–नेताचोक र दोश्रो खण्ड नेता चोक–मिलनचोक १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो ।

निर्माण कम्पनीले सडक निर्माणको क्रममा सम्पन्न गरेका कामको पहिलो चरण बाहेकका अन्य समयको भुक्तानी ठेकेदारले पाउन सकेका छैनन् ।

सडकको तेश्रो खण्ड पुलसहित मिलन चोक घिनाघाट २ किलोमिटरको छ । तेश्रो खण्डको निर्माणको काम यही वर्ष ठेक्का सम्झौता भई निर्माणको काम हालैमात्र सुरु भएको छ ।

पहिलो खण्डको सडक निर्माणको काम ६८ करोड ६८ लाख र दोश्रो खण्डको ६९ करोडको लागतमा अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम सुरु भएको थियो । सडकको काम सुरु भएयता हालसम्म दुवै सडकखण्डको काम गरेको करिव २० करोड रुपैयाँ ठेकेदारले पाउन सकेका छैनन् ।

विराटचोक–घिनाघाट सडकको नेता चोकदेखि मिलनचोकसम्मको दोश्रो खण्डको ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट मेनेजर भरत कार्कीले पनि ६ महिनादेखि भुक्तानी पाउन नसकेको बताए । सडकका काम रोकेर भुक्तानीका लागि ताकेका गर्दा पनि प्रदेश सरकारले आफुहरुले पाउने ११ करोड रुपैयाँ हालसम्म नदिएको उनको भनाइ छ ।

विराटचोक–नेताचोक सडक ठेक्का पाएको श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट म्यानेजर विवेक कार्कीले सडक निर्माणको काम ५० प्रतिशत पूरा भए पनि भुक्तानी नपाउँदा काम अगाडि बढाउन समस्या भएको बताए ।

उनले सडकको निर्माणको लागि आवश्यक सव–बेसको काम पूरा भएपछि ९ करोडभन्दा बढी रकम भुक्तानी पाउन नसकेको बताए ।

‘कोरोनाको संक्रमणको समयमा पनि हामीले काम रोकेनौँ,’ प्रोजेक्ट म्यानेजर कार्कीले भने, ‘अहिलेसम्म ६० प्रतिशत सडक निर्माणको भौतिक प्रगति भएको छ । तर सम्पन्न गरेको कामको भुक्तानी माग्दा पाइएको छैन, अब काम अघि बढाउने स्थितिमा छैनौं ।’

उनले गएको असारमा सानो अंशमा भुक्तानी पाए यता अहिलेसम्म प्रदेश सरकारले भुक्तानी नदिएको बताए ।

विराटचोक–घिनाघाट सडकको नेता चोकदेखि मिलनचोकसम्मको दोश्रो खण्डको ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट मेनेजर भरत कार्कीले पनि ६ महिनादेखि भुक्तानी पाउन नसकेको बताए । सडकका काम रोकेर भुक्तानीका लागि ताकेका गर्दा पनि प्रदेश सरकारले आफुहरुले पाउने ११ करोड रुपैयाँ हालसम्म नदिएको उनको भनाइ छ ।

कार्कीका अनुसार नेता चोकदेखि मिलनचोकसम्मका कुल १० किलो मिटरको सडक निर्माणको काम अहिलेसम्म ६५ प्रतिशत निर्माण पूरा भएको छ । यसबापत ११ करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ ।

‘असारसम्ममा निर्माणको काम पूरा गर्ने लक्ष्य थियो,’ उनले भने, ‘सकिएको कामको पनि भुक्तानी पाएनौं । यस्तै भइरहे निर्धारित समयमा काम सम्पन्न गर्न सकिँदैन ।’

मन्त्री कार्कीले केहीदिन अघि बसेको मन्त्रिपरिषदको बैठकले बजेट अभावमा सडक निर्माणको काम प्रभावित हुन नदिन आवश्यक बजेट निकासा गर्ने निर्णयसहित भौतिक पूर्वाधार मन्त्रालयमा रकम निकासा गर्ने निर्णय भएको पनि बताए ।

उनले भौतिक प्रगतिअनुसार भुक्तानी भएको खण्डमा आगामी असार मसान्तसम्म निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताए ।

प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अघि सारिएको विराटचोक–घिनाघाट सडक निर्माणको काम बजेट अभावमा नरोकिने दाबी गरे । तर उनले अहिले बजेटको केही समस्या भएको भने स्वीकार गरे ।

‘बजेट अभावमा सडक निर्माणको काम प्रभावित हुँदैन,’ मन्त्री कार्कीले भने, ‘सडक निर्माणको लागि आवश्यक बजेटको तयारी भईसकेको छ ।’ भुक्तानीका लागि आवश्यक प्रक्रिया चाँडो हुनेछ ।’

मन्त्री कार्कीले केहीदिन अघि बसेको मन्त्रिपरिषदको बैठकले बजेट अभावमा सडक निर्माणको काम प्रभावित हुन नदिन आवश्यक बजेट निकासा गर्ने निर्णयसहित भौतिक पूर्वाधार मन्त्रालयमा रकम निकासा गर्ने निर्णय भएको पनि बताए ।

यता पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोरोनाका कारण प्रदेश सरकारले बहुवर्षीय परियोजनाको बजेट उल्लेख्य कटौती गरेकाले ठेकेदारलाई भुक्तानी दिन समस्या भएको बताए ।

‘हामीलाई कुल बजेटको ५० प्रतिशतमात्र बजेट खर्च गर्न अख्तियारी आएको छ । बजेटकै कारण विकास निर्माण प्रभावित नहोस् भनेर आवश्यक बजेटका लागि प्रदेश सरकारसँग माग गरेका छौं । निकासा भएलगत्तै भुक्तानी गर्नेछौं,’ रेड्डीले भने ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा २२ किलोमिटर लामो सडक चार लेनको बनाउन लागिएको हो ।

साविकको दुई लेनको सो सडक बस्ती भएको क्षेत्रमा ६४ मिटर र बस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडकको मध्य भागबाट ३५–३५ फिट कालोपत्रे हुनेछ । सडक निर्माणको दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको छ ।

पूर्वबाट विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्गमा विकास निर्माण जारी रहँदा विराटचोक हुँदै पूर्व जानेहरूले यो सडकको प्रयोग गर्दै आएका थिए ।

निर्माण सम्पन्न भएपछि प्रादेशिक सडक हुँदै राजधानी विराटनगरसँग प्रदेशवासीले वैकल्पिक र छोटो मार्गका रुपमा यो सडकलाई प्रयोग गर्न सक्नेछन् ।

विराटचोक–घिनाघाट सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोराहाट, नेताचौक र हरैचा हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ ।

यो सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणाधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चाप पनि कम हुने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप