शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजराइलले आफ्नो सैनिकलाई विवादास्पद ‘सरोगेट सेक्स थेरेपी’ किन प्रदान गरिरहेको छ ?

सोमबार, ०६ वैशाख २०७८, १३ : ०८
सोमबार, ०६ वैशाख २०७८

संसारका थुप्रै देशमा सरोगेट सेक्स थेरेपीको विषयमा विवाद छ । त्यसैले यसको खासै धेरै प्रयोग हुँदैन तर इजराइलमा सैनिकलाई सरोगेट सेक्स थेरेपी प्रदान गर्नका लागि सरकारले खर्च उठाइरहेको छ । नराम्रोसँग घाइते तथा यौन पुनर्वासको आवश्यकता परेका सैनिकलाई यो सुविधा प्रदान गर्ने गरिन्छ । सरोगेट सेक्स थेरेपीअन्तर्गत बिरामीका लागि यस्ता व्यक्ति नियुक्त गरिन्छ जसले उनका सेक्स पार्टनरजस्तो व्यवहार गर्ने गर्छन् ।

इजराइली सेक्स थेरेपिस्ट रोनित अलोनीको तेल अविवको कन्सल्टेशन रुम त्यस्तै देखिन्छ, जुन तपाईंले सोचिरहनुभएको छ । कोठामा सानो आरामदायी काउच छ र भित्तामा महिला र पुरुष यौनाङ्गका रेखाचित्र राखिएका छन् । रोनित यसको प्रयोग आफ्ना ग्राहकलाई बुझाउनका लागि गर्छन् ।

यो कोठामा पेड सरोगेट पार्टनरलाई अलोनीका ग्राहकले अन्तरंग सम्बन्ध स्थापित गर्नका लागि सिकाउँछन् ।

अलोनी भन्छन्, ‘यो कोठा होटलको कोठा जस्तो छैन । यो घर जस्तो देखिन्छ । कुनै अपार्टमेन्ट जस्तो । यहाँ बेड छन् । सिडी प्लेयर छन् । कोठासँगै बाथरुममा शावर छ । कोठाका भित्तामा कामुक पेन्टिङ छन् । ’

सरोगेट सेक्स थेरेपीलाई वेश्यावृत्ति मान्नु गलतः

अलोनीका अनुसार सेक्स थेरेपी एक कपल थेरेपी हो । पार्टनर बिना यो प्रक्रिया पूरा हुन सक्दैन ।

सरोगेट महिला वा पुरुष, यहाँ पार्टनरको भूमिका निभाउनका लागि राख्ने गरिन्छ ।

यद्यपि, आलोचक यसलाई वेश्यावृत्तिको रुपमा हेर्छन् । तर इजराइलमा यसलाई यतिसम्म मञ्जुरी दिइएको छ कि सरकार ती घाइते सैनिकका लागि सरोगेट सेक्स थेरेपीका लागि पूरा खर्च उठाउँछन् जसको यौन क्षमतामा चोटको असर परेको छ ।

अलोनी सरोगेट सेक्स थेरेपीको समर्थन गर्दै भन्छिन्, ‘मानिसहरुले यो बुझ्न आवश्यक छ कि उनीहरुले कसैलाई आनन्द दिन सक्छन् र कसैबाट आनन्द लिन सक्छन् ।’

अलोनीले सेक्सुअल रिह्याबिलिटेशनमा पिएचडी गरेकी छिन् । उनी ठूलो विश्वाससहित भन्छिन्, ‘मानिसहरु यहाँ थेरेपीका लागि आउँछन् । आनन्द लिनका लागि होइन । यसमा वेश्यावृत्तिजस्तो केही पनि हुँदैन ।’

सेक्स थेरेपीमा के सिकाइन्छ ?

उनी भन्छिन्, ‘सेक्स थेरेपी सेसनको ८५ प्रतिशत हिस्साले अन्तरंगता सिकाउँछ । यसमा अन्तरंगता कायम गर्ने तरिकाबारे जानकारी दिइएको छ । उनीहरुलाई एक अर्काको नजिक आउन, स्पर्श, छुने तरिका, शारीरिक आदान प्रदान र अन्तरंग संवाद कायम गर्ने तरिका बताइन्छ । यो प्रक्रिया त्यो बिन्दुमा पूरा हुन्छ जहाँ तपाईं यौन सम्बन्ध बनाउनका लागि तयार हुनुहुन्छ ।’

मिस्टर ए (उनी आफूलाई यसरी नै सम्बोधन गरियोस् भन्ने चाहन्छन्) केही समय अघि इजराइलका यस्तै सैनिकमध्ये एक थिए । उनको सरोगेट थेरेपीको खर्च रक्षा मन्त्रालयले दिएको थियो । इजराइलको रिजर्व फोर्समा बसेका मिस्टर ए ३० वर्ष अघि यस्तै एक दुर्घटनाको शिकार भएका थिए जसमा उनको पूरा जीवन नै परिवर्तन भएको थियो ।

अग्लो स्थानबाट खसेपछि उनको कम्मर मुनीको हिस्सामा अत्यधिक चोट लागेको थियो । यसका कारण उनी पहिले झैं यौन सम्बन्ध स्थापित गर्न सक्षम थिएनन् ।

उनी भन्छन्, ‘घाइते भएपछि मैले के गर्नुपर्छ भन्ने कुराको सूची बनाएँ । मैले आफैं नुहाउन, खान, लुगा लगाउन, गाडी चलाउन र यौन सम्बन्ध स्थापित गर्न सिक्नुथियो । ’

मिस्टर ए विवाहित हुन् । उनका दुई सन्तान पनि छन् । तर उनकी श्रीमती डाक्टर र थेरापिस्टसँग यौनसम्बन्धि कुराकानी गर्न सहज थिइनन् । मिस्टर एले उनलाई अलोनीसँग मद्दत लिनका लागि प्रोत्साहित गरे । उनका अनुसार अलोनीले हरेक सेशन अघि र पछि उनलाई र उनका सरोगेट पार्टनरलाई हरेक सेसन अघि निर्देशन र फिडब्याक दिइन् ।

मिस्टर ए भन्छन्, ‘सरोगेट सेक्स थेरेपीमा सुरुमा सबैकुरा सिकाइन्छ । तपाईंलाई छुन सिकाइन्छ । तपाईं कहिले यता छुनुहुन्छ त कहिले उता । त्यसपछि यो प्रक्रिया क्रमशः अपघ बढ्छ र अन्तिममा चरम यौन अनुभूतिसम्म पुग्छ ।’

मिस्टर एको नजरमा सरकारले उनको साप्ताहिक सरोगेट सेक्स थेरेपीको सेशनको खर्च उठाउनु सही हो । उनी भन्छन्, ‘जसरी सरकारले हाम्रो पुनर्वासको दोस्रो हिस्साको खर्च उठाउँछ, त्यसै गरी यसको पनि खर्च कभर गर्छ । आजको मितिमा तीन हिनाको उपचारको खअर्च ५४०० डलर (लगभग साढे ६ लाख रुपैयाँ) हो ।

ह्वीलचेयरमा ट्र्याक सुट लगाएर बसेका मिस्ट ए टेबल टेनिस खेल्न जाँदैछन् । यतिबेला बीबीसीसँगको कुराकानीमा उनले भने, ‘सरोगेट सेक्स थेरेपीका लागि जानु मेरो जीवनको लक्ष्य थिएन । वास्तवमा म घाइते थिएँ र जीवनको हरेक पाटो बाँचू । यसको हरेक हिस्साको पुनर्वास होस् ।’

उनी भन्छन्, ‘म आफ्नो सरोगेटसँग प्रेममा परिनँ । म विवाहि थिएँ । मेरा लागि यो आफ्नो उद्देश्यसम्म पुग्ने एक तरिकालाई जान्ने बुझ्ने किसिमको थियो । मलाई यो कदम निकै उचित लाग्यो । मलाई लाग्छ यसबारे जे जति भ्रम फैलिएको छ, त्यो सेक्सका लागि पश्चिमी देशको दृष्टिकोणका कारण हो ।’

मिस्टर ए भन्छन्, ‘यौन जीवनको एउटा हिस्सा हो । यसमार्फत् सन्तुष्टि पाइन्छ । सरोगेट सेक्स थेरेपीको मद्दत लिनुको अर्थ यो होइन कि म सधैं सेक्सका लागि लालायित हुन्छु । मेरो विषयमा यस्तो बिल्कुल पनि होइन ।’

इजराइली मानिसहरुको सकारात्मक दृष्टिकोणले सफल भइरहेको छ सरोगेट सेक्स थेरेपीः

अलोनीको क्लिनिकमा हरेक उमेर र ब्याकग्राउन्डका मानिसहरु चुपचाप आउने गर्छन् । कतिलाई आफ्ना पार्टनरसँग रोमान्टिक सम्बन्ध स्थापित गर्न समस्या भइरहेको हुन्थ्यो । कोही एन्जाइटीका शिकार हुन्छन् । कतिले यौन दुर्व्यवहारको सामना गरिरहेका हुन्छन् । कोही यस्ता शारीरिक र मानसिक समस्यासँग जुधिरहेका हुन्छन् जसका कारण उनीहरुलाई यौन सम्बन्ध स्थापित गर्न समस्या आउने गर्छ ।

यद्यपि, अलोनी आफ्नो क्लिनिकमा आउने यस्ता मानिसहरुमाथि बढी ध्यान केन्द्रित गर्छिन् जो कुनै दुर्घटनाका कारण शारीरिक रुपमा अक्षम भएका छन् । किनभने आफ्नो करियरको सुरुवातदेखि नै उनले आफन्तलाई  यस्ता दुर्घटनाको शिकार भएको देखेकी थिइन् । तीमध्ये एक उनका पाइलट पिता पनि हुन् । एक विमान दुर्घटनामा उनको मस्तिष्कमा नराम्रोसँग चोट लागेको थियो ।

उनी भन्छिन्, ‘आफ्नो पूरा जीवनमा यस्ता मानिसहरुसँग जुधिरहेँ, जो भिन्न भिन्न तरिकाले अपाङ्गताको शिकार थिए । यी सबैको निकै राम्रो तरिकाले पुनर्वास भयो । त्यसैले मभित्र यो विषयमा निकै आशावादी दृष्टिकोण छ ।’

न्यूयोर्कमा आफ्नो पढाईका बेला अलोनी एक यस्तो सरोगेटको निकै नजिक आएकी थिइन् जो शारीरिक रुपमा अक्षम मानिसहरुका लागि काम गरिरहेको थियो ।

जब सन् १९८० को दशकमा उनी इजराइल फिर्ता भइन् तब उनले शीर्ष धार्मिक नेतासँग सेक्सुअल सरोगेटको प्रयोगका लागि अनुमति मागिन् र ग्रामीण सामुदायिक जीवनसँग जोडिएको बस्तीलाई पुनर्वास केन्द्रमा थेरेपी दिन सुरु गरिन् ।

तर ती धार्मिक नेताले एक नियम तोके – कोही पनि विवादित महिला वा पुरुष सरोगेट बन्ने छैनन् । र अलोनीले अहिलेसम्म यो नियम पालना गर्दै आएकी छिन् ।

समयसँगै उनले सरकारसँग जोडिएको निकाय र संगठनको पनि समर्थन पाउनेछिन् । उनको क्लिनिकमा सरोगेट सेक्स थेरेपी लिइसकेका हजारमध्ये दर्जन यस्ता मानिसहरु छन् जो सेनामा लामो समयसम्म काम गर्दा घाइते भएका कारण शारीरिक चोटको सामना गर्नुपर्‍यो । कोही त ब्रेन ट्रमा र मेरुदण्डको हड्डीमा चोटको शिकार भएका थिए । उनीहरुको खर्चको जिम्मा सरकारले उठाउने गर्छ ।

अलोनीका अनुसार इजराइलको परिवार केन्द्रीत संस्कृति र सेनाप्रति उनीहरुको धारणाले उनको पक्षमा काम गर्छ । १८ वर्षको उमेरसम्म धेरैजसो इजराइलीलाई आवश्यक मिलिट्री सर्भिसका लागि बोलाइन्छ र अधबैंसे हुञ्जेल रिजर्व सैनिक बन्न सक्छन् ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप