शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठडियो धरहरा (फोटोफिचर)

मङ्गलबार, ०७ वैशाख २०७८, ०९ : ३०
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । धरहरा पुनःनिर्माण कार्य सकिएलगत्तै रङ्ग लगाउने काम भइरहेको छ । 

धरहराको वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको छ ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप