बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘वसुन्धराश्री’ र ‘मानश्री’पुरस्कारद्वारा कुमार बस्नेत र मीरा राना सम्मानित

मङ्गलबार, ०७ वैशाख २०७८, १० : ०६
मङ्गलबार, ०७ वैशाख २०७८

लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ गायक कुमार बस्नेत  र चर्चित गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले एक वक्तव्य जारी गर्दै प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले बस्नेत र रानालाई  पुरस्कृत गर्ने निर्णय गरेको जनाएका छन् ।

मौलिक र उत्कृष्ट नेपाली लोकगीतको संकलन, गायन र संरक्षणद्धारा नेपाली संगीतलाई  सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली गीत, नेपाली भाषा र नेपाली जातिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरने बस्नेतलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि नगद ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । 

यसैगरी राणालाई मानश्री पुरस्कार प्रदान गरिने छ भने पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप