शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चर्चामा कंगनाको ‘१० हजार डलर’ को पर्स

मङ्गलबार, ०७ वैशाख २०७८, १० : २०
मङ्गलबार, ०७ वैशाख २०७८

बलिउडकी अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो । उनको तस्बिरसँगै उनको ‘१० हजार डलर’ को पर्स पनि चर्चामा आयो । 

उनको पर्समा ‘१० हजार डलर’ लेखिएको छ । तर उनको पर्सको मूल्य भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको उक्त पर्सको मूल्य ७५०० रुपियाँ (भारतीय रुपियाँ) रहेको जनाइएको छ । 

सेतो सारीमा सुनौलो रङको बोर्डर भएको सारी लगाएकी कंगनाको ब्लाउज भने ब्याकलेस रहेको छ । 

कंगना यतिबेला ‘थलाइवी’ फिल्मको प्रमोशनमा व्यस्त छिन् । उनले यो फिल्म अप्रिल २३ मा रिलीज हुँदैछ । फिल्म तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप