शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘उषाको किरण’मा चन्दन र प्रतिभाको रोमान्स

मङ्गलबार, ०७ वैशाख २०७८, १० : २३
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौँ । राजेश राज जोशीको स्वर रहेको गीत ‘उषाको किरण’ सार्वजनिक भएको छ । गायक जोशीकै संगीत रहेको गीतमा जगदीश आचार्य र गायक जोशीले शब्द कोरेका हुन् ।

प्रेमील शैलीको गीतको भिडियो अस्ट्रेलियामा छायाँंकन गरिएको हो । गोपाल रसाइलीको संगीत संयोजन रहेको भिडियोमा चन्दन घिमिरे  र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

किरण मगरको कोरियोग्राफी, विजेश पौडेलले सम्पादन रहेको भिडियो सुदीप विष्टले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप