बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘रिभेन्ज’को रोमान्टिक गीत ‘हजारौं हजारमा’

मङ्गलबार, ०७ वैशाख २०७८, १० : ३३
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौँ । फिल्म ‘रिभेन्ज’को रोमान्टिक गीत ‘हजारौं हजारमा’ सार्वजनिक भएको छ । गीतमा दीपक लिम्बु र नित्या शिवाले स्वर दिएका छन् । 
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विशाल अग्रवाल र प्रीतिका शर्माको रोमान्स देख्न सकिन्छ । सन्तोष प्रगाढको संगीत रहेको गीतमा शंकर अधिकारी घायलका शब्दहरू छन् । ​

​डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमनकुमार देवको निर्माण रहेको फिल्ममा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ । 
फिल्ममा खगेन्द्र घिमिरे ,रोशन बिसि, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनारको मुख्य अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप