बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अदीतिको ‘बाबरी’ फ्लोरमा

मङ्गलबार, ०७ वैशाख २०७८, १० : ५४
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।

सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि  निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।

त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा  धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । टोटलानीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

४० दिनको छायाँंकन सेड्युल राखिएको फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटाको, अनमोल गुरुङ र सुजन चापागाईँले संगीत रहनेछ । 

गतवर्ष नै छायाँकनको तयारी गरिएको फिल्म कोरोनाका कारण देशमा लकडाउन भएपछि रोकिएको थियो । धमाधम फिल्म छायाँकन निस्कन थालेको समय सरकारले भने कोरोना बढ्यो भन्दै बैशाख मसान्तसम्मका लागि फिल्म हल फेरि बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप