शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसदको हिउँदे अधिवेशन अन्त्यको जनमोर्चाद्वारा विरोध, ओली संसद्को विरुद्ध रहेको आरोप

मङ्गलबार, ०७ वैशाख २०७८, ११ : ०८
मङ्गलबार, ०७ वैशाख २०७८

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेको प्रति विरोध गरेको छ । सो पार्टीका प्रवक्ता राम प्रकाश पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदको विरुद्ध रहँदै आएको आरोप लगाइएको छ । 

यस्तै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप पनि जनमोर्चाले लगाएको छ । 

‘संसदको पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘ पुनस्र्थापित संसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन् । त्यही नीतिको परिणाम संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेका छन् ।’

 विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद अधिवेशनको अवधिभर संसदमा उठेका विषयहरुको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको पनि जनमोर्चाको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप