बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले प्रदेश सांसदको स्पष्टीकरण : झुक्किएर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन पुगेछु

मङ्गलबार, ०७ वैशाख २०७८, २१ : २५
मङ्गलबार, ०७ वैशाख २०७८


काठमाडौं । नेकपा एमालेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले आफू झुक्किएर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिन पुगेको स्पष्टीकरण दिएकी छन् ।

स्पष्टिकरण दिदै प्रदेश सभा सदस्य ओलीले भनेकी छन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउने वित्तिकै फर्किएर मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट गर्दछु ।’

कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेकी थिइन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए । 

सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप