शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभाः बीमाशुल्क ११३.१३% संकलन, २४७.३९% खुद नाफा

मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ३५
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । अजोड इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ ।

कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क  ८८ करोड ४३ लाख १७ हजार २ सय १८ रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख ३४ हजार ६ सय ७१ रुपैयाँ रहेको र  बीमाकोषमा ६ करोड २३ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ संचित रहेको जनाएको छ ।

सभाले संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । त्यसैगरी, लेखा परीक्षकको प्रतिवेदन सहित कम्पनीको  आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई पारित गरिएको छ ।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालकमा पानु दत्त पौडेल र सृजना सुवेदी निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप