शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०७ वैशाख २०७८, २१ : २७
मङ्गलबार, ०७ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ७ जनाको पीसीआर परिक्षण गर्दा पोखरामा २३ जनासहित प्रदेशमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

मंगलबार थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाका २३ जना रहेका छन् । त्यसैगरी नवलपुरका ५,म्याग्दी र पर्वतका २÷२ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २१ जना संक्रमण मुक्त भएका छन् । योसँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९२ पुगेको छ । 

हाल प्रदेशभर ५ सय ६२ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै गण्डकीमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोरखा भीमसेन नगरपालिका १ का ७९ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

उनमा गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ९ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप