शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षअघि भारत हिँडेका भक्तबहादुरले घर नै बिर्सेपछि....

बुधबार, ०८ वैशाख २०७८, १० : ४२
बुधबार, ०८ वैशाख २०७८

प्रेम सुनार

गुल्मी । ३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न  भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले बाँके जिल्लामा प्रहरीको शरणमा आइपुगेका छन् ।

आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् ।

२०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न  हिँडेका भक्तबहादुर यो बीचमा एकपटक पनि घर आएनन् ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी गिरीका  अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि  त्यहाँका नेपालीहरुले उनलाई उद्धार गरी मंगलबार बाँके  जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाएका हुन् ।

जितपुर घर बताएका उनले बर्दियाको दमौली भन्ने ठाउँमा दाजुभाइ तथा आफन्त रहेको प्रहरीसमक्ष बताएका थिए । सोहीअनुसार प्रहरीले उनका आफन्तको खोजी गरेको र उनीहरुसँग सम्पर्क भएको बताइएको छ ।

भारतमा रहँदा उनले ११ वर्षसम्म सडक मजदुरी गरे । त्यसपछि किन्चर टोल कै जितराम भन्ने व्यक्तिको घरमा १५  वर्षसम्म उनी घरेलु कामदारका रुपमा रहे ।

पछिल्लो समय मानसिक सन्तुलन गुमाएका उनलाई जितरामले घरबाट निकालेपछि बेखर्ची भएर अलपत्र अवस्थामा पुगेको र नेपालीहरुले नै उनलाई उद्धार गरी नेपालसम्म ल्याएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप