शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व–पश्चिम राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते

बिहीबार, ०९ वैशाख २०७८, ०० : ११
बिहीबार, ०९ वैशाख २०७८

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाबाट आईरहेको प्र ३–०१–०२२ च २५३६ नम्बरको कार राति एक आपसमा ठोकिँदा कारमा सवार दुई जना र विङ्गरमा सवार ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक ९ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राइले जनाएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । विङ्गरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप