शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आकाशबाट प्लास्टिकको वर्षा

बिहीबार, ०९ वैशाख २०७८, ०८ : २१
बिहीबार, ०९ वैशाख २०७८


मानिसले पृथ्वीलाई  प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश पनि मानिसका गतिविधिका कारण प्रदूषित भइसकेको छ ।

वैज्ञानिकहरुले अब आकाशबाट पर्ने पानी पनि प्लास्टिकले प्रदूषित भएको बताएका छन् । आकाशको पानी सँगसँगै प्लास्टिक पनि आउन थालेको छ ।  जर्नल साइन्स नामक पत्रिकामा प्रकाशित शोध रिपोर्टमा आकाशबाट पानीसँगै प्लास्टिक पनि वर्षिने भनिएको छ  । यस शोध अध्ययनका लागि लिइएको ९८ प्रतिशत नमूनामा पानी तथा हावामा प्लाष्टिकको कण पाइएको थियो ।

अमेरिकी शोधकर्ताले चौध महिना लगाएर लिएको अधिकांश नमूना प्रदूषित भएको पाइएको थियो । डेली मेलका अनुसार यो एकदमै चिन्ताजनक कुरा भएको तथा हरेक वर्ष एक हजार टन प्लाष्टिकको कण पानीसँगै पृथ्वीमा आउने उल्लेख गरिएको छ ।

सामान्य भाषामा भन्दा हरेक वर्ष १.२० करोड प्लाष्टिकका  बोतल माइक्रो प्लास्टिकका रूपमा आकाशबाट पृथ्वीमा आउने गरेका  छन  । सबैभन्दा डरलाग्दो कुरा के भने   अमेरिकाको जम्मा ६ प्रतिशत भूभागबाट मात्रै यी नमूना संकलित गरिएका थिए।  

पृथ्वीमा रहेको माइक्रो प्लास्टिक वाफ बनेर बादलमा परिणत भइरहेको छ। यस प्रक्रिया ले प्लास्टिक  वर्षाको रुपमा पृथ्वीभरी  फैलिरहेको छ । यो यति सुक्ष्म हुन्छ कि यसलाई आँखाले देख्न सकिँदैन । पृथ्वीमा आउने हावा-हुरी -आँधीका कारण यो  माथिको वातावरणमा पुग्छ  ।  र कालांतरमा आकाशमा पुगेका यी माइक्रो प्लास्टिकका कण पानीसँगै पृथ्वीमा फर्किन्छन।

आकाशबाट वर्षिने प्लास्टिकका कणले विगतमा भएको 'एसिड रेन' को स्मृति गराएको छ। केही वर्ष पहिला नर्थ अमेरिका र यूरोपमा 'एसिड रेन' भएको थियो। त्यहाँ रहेका पावर स्टेशनबाट उत्सर्जित हुने सल्फर डाइऑक्साइड और नाइट्रोजन ऑक्साइड का कारण  आकाशबाट एसिडको वर्षा भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप