शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारी जग्गा व्यक्तिको नाममा गराउने फरार अभियुक्त पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, १२ : ०२
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसुर ठहर भएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।  बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमरा घर भएका कोपीराज सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए । 

विशेष अदालत काठमाडौंले ०७४ साल माघ २ मा गते सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दामा उनलाई ३ महिना कैद हुने फैसला गरेको थियो । प्रहरीले पक्रेर उनलाई बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप