शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आँधी तुफान–२’को सुटिङ सुरु

बिहीबार, ०९ वैशाख २०७८, १२ : ३३
बिहीबार, ०९ वैशाख २०७८


काठमाडौँ । मदन घिमिरेको निर्देशन रहने फिल्म ‘आँधी तुफान–२’को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो ।

नेपाली फिल्मका सफल लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो बन्न लागेको हो । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ भिलेन कनिज कोइराला फिल्ममा भिलेको रुपमा देखिँदैछन् ।

थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको फिल्मको छायाँकन काठमाडौं, काभ्रे र धुलिखेल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप